१२ बजे १२ समाचारः मनाइयो संविधान दिवस, प्रदर्शनकारीले लुटे ११ सय थान हतियार
सारांश
- संविधान दिवसमा विशेष कार्यक्रम आयोजना गरियो, जसमा राष्ट्रपति पौडेलको उपस्थिति थियो।
- जेनजी प्रदर्शनमा हतियार लुटपाट भएको र आन्दोलनकारीले घरमा आगजनी तथा तोडफोड गरे।
- जेनजी आन्दोलनका क्रममा घाइते र मृतकहरूको बारेमा जानकारी दिइएको छ, साथै ओली र प्रचण्डको धारणा मिलेको देखिन्छ।
काठमाडौँ । आज २०८२ असोज ३ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
१. संविधान दिवस
संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
जेनजी प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा हतियार लुटपाट भएको भेटिएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा देशभरबाट हतियार लुटपाट गरेका हुन् ।
३. तीन दल एकमत
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बनेको ‘नेपालको संविधान, २०७२’ जारी भएको १० वर्ष पूरा भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा जेनजी पुस्ताले गरेको विद्रोहले यतिबेला संविधानको भविष्यमाथि नै अनेकौँ प्रश्न उठेका छन् ।
४. आन्दोलनको असर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे । श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् ।
५. नकारात्मक सन्देश
राजनीतिक अस्थिरता र स्थिर आर्थिक नीति नहुँदा नेपालमा वैदेशिक लगानी निराशाजनक अवस्थामा रहेको छ । नेपालमा हरेक वर्ष प्रतिबद्धताको एक तिहाइ पनि प्रत्यक्ष वैदेशिक लगानी आउन सकेको छैन । सरकारसँग हरेक वर्ष विभिन्न मुलुकले लगानीका लागि स्वीकृति लिए पनि दुई तिहाइ भन्दा बढी रकम नभित्रिएको हो ।
६. कता अलमलियो सरकार ?
भदौ २३ जेनजी पुस्ताले काठमाडौँकेन्द्रित प्रदर्शन गर्यो । स्कुल ड्रेसमै आन्दोलनमा सहभागी भए युवापुस्ता । भ्रष्टाचार, नेताहरूको अपारदर्शी जीवनशैली, उनीहरूका छोराछोरीको अस्वाभाविक क्रियाकलाप लगायतविरुद्ध स्वःस्फूर्त रूपमा निस्किएको सडक प्रदर्शनलाई राज्यले दमन गर्यो ।
७. संविधानका कुरा
आज असोज ३ अर्थात् संविधान दिवस । संविधान सभाबाट संविधान जारी भएको १० वर्ष बितेको छ । नेपालमा २००४ सालदेखि संवैधानिक विकासक्रम सुरु भएको हो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ । पछिल्लो संविधान बनेको एक दशक पूरा नहुँदै गम्भीर सङ्कटमा पुगेको छ ।
संविधान संशोधनको विषयमा विभिन्न पार्टीहरुले कुरा उठाइरहेका थिए । साविक प्रतिनिधिसभाका पहिलो र दोस्रो ठुला दल कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमतिमा संविधान संशोधनलाई नै मुख्य बुँदाको रुपमा राखेका थिए । तर उनीहरुले यसलाई कागजमा मात्रै सीमित राखे, कुनै प्रक्रिया नै अगाडि बढेन ।
८. अल्पमतमा गगन र विश्वप्रकाश
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे । श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् ।
९. मिल्यो ओली–प्रचण्डको बोली
जेनजी आन्दोलनका क्रममा पर्दा पछाडि भएका घुसपैठ, षडयन्त्र, हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटबारे रहस्य खुल्दै जाने सङ्केत देखिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका तमाम घटना र षडयन्त्रबारे तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोली लगभग मिल्दोजुल्दो देखिएको छ ।
१०. जेनजी आन्दोलन
गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तानु ढकाल गम्भीर घाइते भए ।
भक्तपुरमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ४२ वर्षीय साजन राईको मृत्यु भयो । दुई वर्षअघि श्रीमती गुमाएर एकल अभिभावकको बनेर दुई छोराको स्याहारसुसार गर्दै आएका साजनको मृत्युले उनका ६ र १२ वर्षीय छोराहरू पूर्ण रूपमा टुहुरा बनेका छन् ।
११. सम्पादकीय
१२ .एकताको पहल
नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण