अपडेट
तुइन खोला पहिरो : निरन्तर ढुङ्गा खस्दा सडक खुलाउन समस्या
शनिबार, ०४ असोज २०८२, १४ : १४
सारांश
- भरतपुर सडक डिभिजनले मुग्लिन नारायणगढ सडक खण्डको पहिरो हटाउने कार्य जारी राखेको छ।
- ढुङ्गा खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन समस्या भइरहेको छ।
- पहिरो हटाउन लोडर र एक्साभेटर प्रयोग गरिएको छ, र साँझसम्ममा यातायात सुचारु हुने सम्भावना छ।
काठमाडौँ । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै झरेको पहिरो हटाउने कार्य जारी रहेको बताएको छ । शनिबार अपराह्न एक सूचना जारी गर्दै डिभिजन कार्यालयले सो कुराको जानकारी दिएको हो ।
सडकमा ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाएर सडक सञ्चालन गर्न भने समस्या भइरहेको सो कार्यालयले जनाएको छ ।
अहिले नारायणगढतर्फबाट लोडर र एक्साभेटर, मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटर परिचालन गरेर पहिरो हटाउने कार्य सुचारु भइरहेको जनाइएको छ ।
थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तीमा साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारु गर्ने सम्भावना रहेको समेत सडक डिभिजन कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ : ३० बजे देखि सो सडक खण्डमा पहिरो खस्न सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण