मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी गर्नेहरु समातिए, के–के सामान भयो बरामद ?

शनिबार, ०४ असोज २०८२, १७ : ३५
शनिबार, ०४ असोज २०८२

काठमाडौं। जेनजी आन्दोलनका क्रममा काठमाडौंको रातोपुलस्थित एक घरमा भएको लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार भदौ २४ गते रातोपुलमा भएको घटनामा ढुंगामुढा, तोडफोड र आगजनी गर्दै घरभित्रबाट नगद तथा सुनचाँदी चोरी भएको थियो।

घटनापछि खोजतलास जारी राखेको प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा खोटाङ दिप्रुङ चुईचुम्पा गाउँपालिका–३ का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुर हेटौडा उपमहानगरपालिका–५ का १८ वर्षीय अगम प्रजा रहेका छन्। उनीहरू काठमाडौं महानगरपालिका–३० रातोपुल क्षेत्रमै बस्दै आएका थिए।

प्रहरीले उनीहरूको साथसाथै डेराबाट समेत सुनजस्तो देखिने पदार्थ र चाँदीजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। पक्राउ परेका तीन जनामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त मालिगाउँमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद सामानहरुको सूची

549369591_1096887272628271_5555768849272271335_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप