जेनजी सहिदको स्मृतिमा माइतीघरमा सांगीतिक नमन (तस्बिरसहित)
काठमाडौँ । जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा सुसेला काव्यशालाले शनिबार माइतीघरमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ।
‘सुसेला काव्यशालाको सातौँ श्रृङ्खला’ अन्तर्गत गरिएको कार्यक्रममा सहिदहरूलाई श्रद्धाञ्जलीस्वरुप चारवटा गीत प्रस्तुत गरियो। ‘सहिदहरूको सम्झना’ (भूपी शेरचन), ‘वी स्याल ओभरकम’ (पिट सिगर), ‘त्यो पुलिस–प्रशासन, त्यो न्यायालय’ (देवव्रत) र ‘त्यो जुत्ता साथीको’ (विनोदविक्रम केसी) गीत गाइएका थिए।
उक्त गीतहरू सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, बिराज ढुङ्गाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल र अभिषेक शर्माले प्रस्तुत गरेका थिए। सोही क्रममा चित्र र मूर्तिकला पनि प्रस्तुत गरियो ।
गत भदौ २३ र २४ गते जेनजी युवाहरूले भ्रष्टाचारविरुद्ध सञ्चालन गरेको आन्दोलनका क्रममा सरकारी दमनमा परी जेनजी युवाहरूले ज्यान गुमाएका थिए। त्यसपछि भदौ २४ गते भएको विशाल प्रदर्शनले नेपालको राज्यसत्ता नै उल्टिएको थियो।
हालसम्म सो आन्दोलनमा ७३ जनाको ज्यान गएको छ। सहिदहरूको सम्झनामा आयोजित कार्यक्रममा सुसेलाले उनीहरूको सपना छिट्टै पूरा गर्न माग गरेको छ।


_QhzPfumfFI.jpg)














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण