गगन र विश्वलाई महतको प्रश्न : उपचार पर्खन सकिँदैन, आकाश झरिहाल्छ ?
सारांश
- प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको बहस जायज नभएको बताए, जब कि उनको अभिभावकमाथि आक्रमण भएको थियो र अस्पतालमा उपचार भइरहेको थियो।
- कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको प्रस्ताव गरेपछि महतले यस्तो प्रतिक्रिया दिएका हुन्।
- महतले नेतृत्व हस्तान्तरणको बहसले देशलाई अस्थिरतातर्फ धकेल्ने दाबी गर्दै घाउमा नुन छर्ने प्रवृत्ति गलत रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो अभिभावकमाथि आक्रमण हुँदा र अस्पतालमा उपचार भइरहेका बेला पार्टी भित्र सुरु गरिएको बहस जायज नभएको बताएका छन् ।
डा. महतले आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनपछि कांग्रेसमा भइरहेको नेतृत्व परिवर्तनको बहसलाई लक्षित गर्दै यस्तो बताएका हुन् । कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् ।
‘अभिभावकमाथि सघातिक प्रहार हुँदा उपचार पनि पुरा हुन पर्खन पनि सक्दैनौ ? आकाश झरिहाल्छ ?’, महतले भने, ‘अवश्य पनि पार्टीका संरचनामा छलफल गर्छौ । घटनाको मूल्याङ्कन पनि गर्छौ र सुधार पनि गर्छौ ।’
तर त्यसका लागि पर्खनुपर्ने महतको भनाइ छ । ‘त्यसका लागि पनि नपर्खने ? कार्यसम्पादन समितिबाट आधिकारिक निर्णय भएको छ त्यसभन्दा बाहिरबाट जुन छलफल थाल्नुभएको छ त्यसले पार्टीलाई राम्रो गर्दैन’, महतको चेतावनी छ ।
उनले यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई निरन्तर अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिलाई नै मद्दत पुग्ने दाबी समेत गरेका छन् ।
सहज हुँदा एकदम अतिशयोक्तिपूर्ण किसिमबाट प्रशंसा गर्ने र अप्ठेरो हुनेवित्तिकै गालीगलौजको वर्षा गर्ने उपयुक्त नहुने भन्दै घाउमा नुन छर्ने प्रवृत्ति गलत रहेको महतले बताए । ‘सन्तुलित हौँ, संयमित हौँ । सघन मन्थन गरौँ र सामूहिक निष्कर्षमा पुगौँ । त्यो नै पार्टी र देशको अप्ठेरोबाट पार पाउन सकिन्छ’, महतले भने, ‘चार दिन अघिसम्म, २३ गतेसम्म त्यहीँ सभापति ठिक हुने । हामी त बरु अलि टाढा भएका थियौँ । जुन साथीहरूले प्रश्न उठाइरहनुभएको छ तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ उहाँहरू सवभन्दा नजिक हुनुहुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण