कास्की कारागारका ४ सय कैदीबन्दी फर्किए, दसैँअघि नफर्किए ६ महिनादेखि १० वर्षसम्म कैद थपिने
सारांश
- पोखरामा जेनजी प्रदर्शनका क्रममा भागेकामध्ये ४ सय कैदीबन्दी फर्किएका छन्।
- अझै ३७० जना फरार रहेको र फर्किन बाँकी कैदीबन्दीलाई दसैँअघि उपस्थित हुन भनिएको छ।
- फरार नभएकाहरूलाई कारागार ऐनअनुसार कारबाही हुनेछ, जसमा ६ महिनादेखि १० वर्षसम्मको सजायँ थपिनेछ।
पोखरा । जेनजी प्रदर्शनका क्रममा भागेकामध्ये कास्की कारागारका करिब ४ सय कैदीबन्दी फर्किएका छन् । अझै ३ सय ७० जना फरार रहेको कारागारले जनाएको छ ।
प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडफोड गरेपछि ३५ महिलासहित सात सय ७३ कैदीबन्दी भागेका थिए । कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए ।
‘४ सय हाराहारीमा कारागार आएका छन् । अरू केही सम्पर्कमा छन्,’ उनले भने, ‘कोही आएर फर्किसकेका छन् । आह्वान गरेपछि आउनुपर्छ ।’ दसैँ अघि कार्यालय समयभित्र आएनन् भने कानुनी कारबाही हुने उनको भनाइ छ ।
‘सबै कैदीबन्दीहरुलाई फर्किन विभागले पनि सूचना जारी गरेको छ । हामीहरूले पनि स्थानीयरुपमा भनिरहेका छौं,’ उनले भने, ‘नआउनेहरूलाई कारागार ऐन अनुसार कारबाही गर भनेर निर्देशन छ । भागे भगाएको कसुरमा ६ महिनादेखि १० वर्ष सजाएँ थप हुन्छ ।’
आन्दोलनका क्रममा गण्डकी प्रदेशमा कास्कीसहित तनहुँ, पर्वत र म्याग्दी कारागारबाट कैदीबन्दी भागेका थिए ।
कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेसन सञ्चालन गरेर उनीहरूलाई फर्काउने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण