विप्लव नेतृत्वको नेकपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने
सारांश
- विप्लव नेतृत्वको नेकपाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन उपयोग गर्ने नीति लिएको छ।
- केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको बताएको छ।
- विद्रोहका कारण राजनीतिक परिस्थिति उथलपुथल भएकोले आधिकारिक निर्णय हुन बाँकी छ।
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो ।
यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले बताए ।
‘निर्वाचनमा भाग लिने हाम्रो घोषित नीति नै हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्ने निर्वाचनमा पार्टीले भाग लिन्छ । समाजवादी व्यवस्था स्थापित गर्ने हिसाबले निर्वाचनको उपयोग गर्छौँ । २०८४ को निर्वाचनमा भाग लिने भनेर पार्टीले पहिले नै निर्णय गरिसकेको छ । तर पछिल्लो विशेष राजनीतिक परिस्थिति उत्पन्न हुँदा हामी छलफल मै भएकाले निर्णय भएको छैन’, उनले भने ।
समाजवादी व्यवस्था ल्याउनका लागि माओवादी घटकसँग एकता र विचार मिल्ने कम्युनिस्ट पार्टीसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण के–के गर्नुपर्ने हो गर्ने बुढाथोकीले बताए । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण