भारत–पाकिस्तान द्वन्द्वको नाम लिँदै ट्रम्पले मागे फेरि नोबेल पुरस्कार
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले नोबेल पुरस्कारको कुरा फेरि उठाएका छन्, उनले भारत-पाकिस्तान द्वन्द्वको समेत चर्चा गरे।
- ट्रम्पले व्यापारका कारण सात वटा युद्ध रोकेको दाबी गरे, जसमा भारत र पाकिस्तानबीचको द्वन्द्व पनि समावेश छ।
- ट्रम्पले आफूले युद्ध रोकेको दाबी गरेपनि भारतले भने यसलाई अस्वीकार गर्दै आएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक नोबेल पुरस्कारको कुरा उठाएका छन् । यस क्रममा उनले मे महिनामा सुरु भएको भारत–पाकिस्तान द्वन्द्वको पनि उल्लेख गरेको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ ।
शनिबार राति एक कार्यक्रममा ट्रम्पले भने- ‘ट्यारिफ र व्यापारका कारण हामी सात फरक युद्धहरू रोक्न सफल भएका छौँ । हामीले भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडिया बिचको युद्ध रोक्यौँ ।’
‘आर्मेनिया र अजरबैजान वर्षौंदेखि लडिरहेका थिए । भारत र पाकिस्तान बिचको युद्धलाई पनि व्यापार मार्फत रोक्यौँ । तिनीहरू व्यापार गर्न चाहन्थे’ ट्रम्पले भने ।
ट्रम्पले थप भने- ‘हामीले ती सबैलाई रोक्यौँ, भारत–पाकिस्तान, थाइल्यान्ड–कम्बोडिया, आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया, र रुवान्डा–कङ्गो । यी देशहरूमध्ये ६० प्रतिशत देश व्यापारको कारण रोकिए । उदाहरणका लागि, हामीले भारतलाई भनेका थियौँ कि यदि युद्ध भयो भने हामी व्यापार गर्दैनौँ ।’
‘त्यसपछि, मलाई भनियो कि यदि तपाईंले रुस र युक्रेन बिचको युद्ध रोक्नुभयो भने तपाईंले नोबेल पुरस्कार पाउनुपर्छ । मैले भने– ‘मैले रोकेका अन्य सात युद्धहरूको के त ? मैले प्रत्येकको लागि नोबेल पुरस्कार पाउनुपर्छ’ नोबेल पुरस्कारको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले भने ।
ट्रम्पले पहिले पनि धेरै पटक भारत र पाकिस्तान बिचको द्वन्द्व रोकेको दाबी गरिसकेका छन् । तर भारतले उनको दाबीलाई हरेक पटक अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण