पुँजीवादी पार्टीमा जस्तो कम्युनिस्ट पार्टीमा नेतृत्व परिवर्तन हुँदैन : मातृका यादव
सारांश
- माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले नेतृत्वको विकल्प खोज्नेले नयाँ विचार र योजना ल्याउनुपर्ने बताए।
- उनले अध्यक्ष प्रचण्डलाई राजीनामा दिन सुझाव दिइरहेको बेला नेतृत्वको विकल्प नभएको बताएका हुन्।
- यादवले युवा पुस्ताको भावनालाई सम्बोधन गर्न पार्टीले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवले नेतृत्वको विकल्प खोज्नेले नवीनतम विचार र सबैलाई मान्य हुने विस्तृत योजना ल्याउनुपर्ने बताएका छन् । पार्टीभित्र अर्का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई राजीनामा दिन सुझाव दिइरहेको बेला यादवले अहिले नेतृत्वको विकल्प नभएको बताएका हुन् ।
‘अन्य पुँजीवादी पार्टीमा जस्तो नेतृत्व हस्तान्तरण कम्युनिस्ट पार्टीमा हुँदैन । नेतृत्व नवीन विचार, नयाँ योजना, पार्टी हाँक्न सक्ने क्षमता, समन्वयकारी भूमिको आधारमा आउने हो’, रातोपाटीसँग उनले भने– ‘नेतृत्वको विकल्प खोजेर मात्र हुँदैन । नेतृत्वमा आउन चाहनेमा फरक विचार के छ, त्यो हेर्नुपर्छ । सङ्कटको बेला कसको भूमिका कस्तो हुन्छ, त्यसले निर्धारण गर्छ । पुँजीवादी पार्टीमा एउटा अध्यक्ष चुनिन्छ । फेरि अर्को आउँछ । त्यसले केही फरक पार्दैन ।’
जेनजीको विद्रोहपछि मुलुकको राजनीतिलाई सन्तुलनमा ल्याउन अध्यक्ष प्रचण्डले खेलेको भूमिकाको यादवले प्रशंसा गरे । यद्यपि युवा पुस्ताको भावनालाई सम्बोधन गर्ने गरी पार्टीले विशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिए । पार्टीभित्र देखिएका अन्तर्विरोध विधि र पद्धतिबाट नै हल गर्न सकिने यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण