कारागारबाट भागेका २१५ कैदीबन्दी नियन्त्रणमा
आइतबार, ०५ असोज २०८२, १५ : २०
नवलपरासी । नवलपरासी कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रम जारी छ ।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले आइतबार बिहानसम्म भागेका मध्ये २१५ कैदीबन्दी नियन्त्रण आएको बताए ।
जेनजी आन्दोलनका क्रममा नवलपरासी कारागारबाट ५४३ कैदीबन्दी भागेका थिए । जसमा २ सय ३ जना जिल्ला नवलपरासीबाट र १२ जना अन्य जिल्लाबाट गरी २१५ जनालाई नियन्त्रणमा लिएको भण्डारीले रातोपाटीलाई बताए ।
अन्यको खोजी कार्य भइरहेको छ । उनले भने,'केही कैदीबन्दीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन् ।'
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा कैदीबन्दीहरु कारागारबाट भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण