नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या
आइतबार, ०५ असोज २०८२, १५ : ५३
काभ्रे । नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् ।
जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते भागेर पनौती नगरापलिका-१२ कलाँतीस्थित घर आइपुगेका सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेका त्यहाँका वडाध्यक्ष जयराम केसीले बताए । हत्यापछि तामाङ फरार भएका छन् । प्रहरीको टोली घटनास्थल पुगेको छ ।
वडाध्य केसीका अनुसार पनौती–१२ गागलका ३५ वर्षीय तामाङले ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । तामाङ जबर्जस्तीकरणीमा जेल परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण