अन्तर्राष्ट्रिय शान्ति दिवसमा लुम्बिनी ५ हजार दीप प्रज्वलन
बुटवल । बुद्वजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्वलन गरी आइतबार अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ।
युनिभर्सल पिस स्यान्चुरीले वेवि बुद्धमा बौद्ध धार्मिक गुरू,भिक्षु भिक्षुणी स्थानीयको सहभागितामा ५ हजार दीप प्रज्वलन गरी मनाइएको हो ।
विश्व शान्तिधाम निर्माणमा सक्रिय स्याल्पा तेन्जिङ रिन्पोछेले यो वर्ष लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्वलन गरी मनाइएको बताए ।
उनले नेपालको पछिल्लो आन्दोलन र त्यसबाट उत्पन्न अशान्ति अन्त्यका लागि समेत कामना गरेको बताए । उक्त अवसरमा लुम्बिनी विश्व विद्यालयका विद्यार्थी, लुम्बिनी स्काउटका प्रतिनिधि र लुम्बिनी भ्रमणमा आएका पर्यटकहरू दीप प्रज्वलनमा सहभागी भएका थिए ।
प्रत्येक वर्ष सेप्टेम्बर २१ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण