मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमएडब्ल्यु फाउण्डेसनद्वारा ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण

आइतबार, ०५ असोज २०८२, १९ : १३
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । एमएडब्ल्यु फाउण्डेसनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । 

आइतबार वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै फाउण्डेसनले एक कार्यक्रमकाबिच कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई १० थान मोटरसाइकल हस्तान्तरण गरिएको हो । 

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष विष्णु कुमार अग्रवाल र सो संस्थाका पदाधिकारीहरू साथै काठमाडौँ  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप