बानेश्वर र कोटेश्वरको प्रहरी कार्यालय आगजनी गर्ने ६ जना पक्राउ
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
प्रदर्शन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर र नरेफाँटमा आगजनी गरेका थिए ।
पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरी घर भएका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाही घर भएका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषा घर भएका १९ वर्षीय अजय कुमार शाह ‘हिरो’ र रौतहट घर भएका २४ वर्षीय लक्किबाबु जैसवाल छन् । रौतहटको गरुडा घर भएका १८ वर्षीय मोटे भन्ने शैरव यादव पनि पक्राउ परेका छन् ।
प्रहरी युनिटमा आगजनीपछि उनीहरुले लुटेको ग्याँस सेल र खोका पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीहरू कुनै पनि पार्टीमा आबद्ध देखिएका छैनन् । अधिकांश विद्यार्थी पृष्ठभूमिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण