२३६ किलो गाँजासहित एक जना पक्राउ
रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा ठूलो मात्रामा गाँजा बोकेको मिनी ट्रक सहित चालक पक्राउ परेका छन् ।
शनिबार दिउँसो करिब १ बजेतिर अमलेखगंजस्थित प्रहरी चौकी अगाडि गरिएको चेकजाँचका क्रममा हेटाैँडादेखि विरगञ्जतर्फ जाँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकि चेकजाँच गर्दा प्रहरीले गाँजा फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजका बरिष्ठ सई धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइछिपाइ गरिएको अवस्थामा प्रहरीले २८ पोका गाँजा फेला पारेको हो ।
उक्त गाँजा प्लास्टिकमा प्याक गरिएको र तौल गर्दा करिब २३६ किलो ७५० ग्राम रहेको पुष्टि गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
गाँजासहित मिनि ट्रक र ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, मिनि ट्रक र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगंजमै राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण