मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी कार्यालयमा आगजनी गर्ने दुई जना पक्राउ

सोमबार, ०६ असोज २०८२, १५ : ४६
सोमबार, ०६ असोज २०८२

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा ललितपुर स्थित कुपण्डोल र हनुमानस्थान प्रभागमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ घर भएकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मेलौली घर भएर कुपण्डोल बस्ने २४ वर्षीय धिरेन्द्र चन्द छन् ।

उनीहरू भदौ २४ मा दुई वटा प्रहरी कार्यालयमा आगजनी र लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ । 

आरोपीहरूमाथि आपराधिक उपद्रव तथा सङ्गठित अपराध मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप