प्रहरी प्रभाग इमाडोलमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा ललितपुर स्थित प्रहरी प्रभाग इमाडोलमा आगजनी र तोडफोड गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका घर भएका २० वर्षीय राज कुमार तामाङ, धनकुटा घर भएका २२ वर्षीय गोकर्ण राई, रामेछापको मन्थली घर भएका २० वर्षीय कृष्णराज गिरी, उदयपुर घर भएका ३१ वर्षीय सुनिल कुमार बस्नेत, सोलुखुम्बु घर भएका २२ वर्षीय सरोज नेपाली र सिन्धुलीको भिमान घर भएका २१ वर्षीय नरेश तामाङ छन् ।
आरोपीहरूले लुटेर लगेको १ थान प्रहरीको बुट र सुनका गरगहना समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
भदौ २४ मा उनीहरुले प्रभागमा कार्यरत प्रहरी कर्मचारीलाई कुटपिट गरेर लुटपाट र आगजनी गरेका थिए । उनीहरूविरुद्ध आपराधिक उपद्रव, चोरी तथा सङ्गठित अपराध सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण