८ सदस्यीय मन्त्रिपरिषद्मा खरेललाई पुछारको वरीयता (सूचीसहित)
सोमबार, ०६ असोज २०८२, १६ : ०२
१
सारांश
- सुशीला कार्कीको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
- अर्थमन्त्री रामेश्वर प्रसाद खनाल दोस्रो वरीयतामा छन्, भने कुलमान घिसिङ तेस्रोमा छन्।
- अनिलकुमार सिन्हाले तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जगदीश खरेल सञ्चारमन्त्री बनेका छन्।
काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री कार्कीपछिको वरीयतामा अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनाल छन् ।
तेस्रो वरीयतामा ऊर्जा र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र चौथो वरीयतामा गृहमन्त्री ओम प्रकाश अर्याल रहेका छन् ।
यस्तै पाँचौ वरीयतामा तीन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा रहेका छन् । उनले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय पाएका छन् भने त्यसपछिको वरीयतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन छन् ।
यस्तै सातौँ वरीयतामा कृषिमन्त्री मदन प्रसाद परियार हुँदा सञ्चारमन्त्री बनेका जगदीश खरेलको वरीयता पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण