जेनजी प्रदर्शनमा ५ लाख डकैती गरेको आरोपमा चार जना पक्राउ
काठमाडौँ । जेनजी प्रदर्शनको मौका छोपेर व्यक्तिको घरमा छिरेर डकैती गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २४ मा ललितपुर महानगरपालिका–११ स्थित कारण शाक्यको घरमा गएर डकैती गर्ने चार जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ पर्नेमा भारत घर भएका १८ वर्षीय सेराज आलम, रौतहट घर भएका २८ वर्षीय मनिष सुनार, बारा घर भएका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशी घर भएका २५ वर्षीय फुर्साङ लामा छन् ।
प्रदर्शनको मौका छोपेर घरमा प्रवेश गरेर उनीहरूले अमेरिकी डलर, फिलिपिन्स पेसो र सुन तथा रुवी जडित माला, चाँदीका सिक्का र घडी लगायतका सामान लुटेका थिए ।
आरोपीहरूले डकैती गरेर भान्सा कोठामा आगजनी समेत गरेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध डाँकाचोरी र आगजनी मुद्दामा प्रहरीले ललितपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण