धादिङको जवाङ खोलानजिकै पहिरो, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध
मङ्गलबार, ०७ असोज २०८२, ०८ : २७
सारांश
- धादिङको जवाङ खोला नजिकै पहिरो जाँदा मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ।
- गएराति गएको पहिरो पन्छाउने प्रयास जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन सकेको छैन।
- सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन्।
काठमाडौँ । मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउन दिनभर लाग्ने देखिएकोले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
दुईतर्फी सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण