मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो
मङ्गलबार, ०७ असोज २०८२, ०९ : ०५
सारांश
- मुग्लिन-नारायणगढ सडकखण्डमा पुन: पहिरो खसेपछि एकतर्फी सञ्चालनमा आएको छ।
- सडक डिभिजन कार्यालयका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ।
- सवारी चालकहरूलाई लेन अनुशासनको पालना गर्न अनुरोध गरिएको छ।
काठमाडौँ । पुन: पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ ।
सवारी चालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको कार्यालयले जनायो । लेन अनुशासनको पालना गरेर यात्रा गर्न कार्यालयले अनुरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण