पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै निर्बाध सञ्चालनमा आएन (तस्बिरहरू)
सारांश
- साउनको पहिलो हप्ताबाट सुरु भएको पहिरोले अरनिको राजमार्गमा सवारी आवतजावत अझै सहज भएको छैन।
- स्थानीय व्यापारीहरूका अनुसार पहिरोका कारण ग्राहक घटेका छन् र सामान ढुवानीमा समस्या भएको छ।
- पहिरोले तातोपानी नाका भएर हुने आयात प्रभावित भएको छ, फलफूल कुहिएका छन् भने जाडोका सामान चीनमै रोकिएका छन्।
काठमाडौँ । साउनको पहिलो हप्ताबाट सुरु भएको पहिरोले बन्द रहेको अरनिको राजमार्गमा अझै पनि निर्बाध रूपमा सवारी आवतजावत गर्न सकेका छैनन् । हिजो मात्रै सडक पुनः खोलिएको भनिए पनि यहाँका स्थानीय यो समस्याको स्थायी समाधानको खोजीमा छन् ।
“हिजो मात्रै पहिरो पन्छाइएको छ तर कति बेला पहिरो झर्छ भन्ने टुङ्गो छैन । पहिरो झर्ने र हटाउने भन्दा पनि पहिरो नै नआउने बनाउन पर्ने हो । गाडी चल्न सकेका छैनन् त्यसो हुँदा यहाँ आउने ग्राहक पनि घटेका छन् । हामी पनि आफ्नो सामान त्यही पहिरोबाट नै नाम्लो लगाएर बोकेर ल्याउने गरेका छौँ ।” एक स्थानीय व्यापारीले भने ।
_mN0HUZe9Lo.jpg)
पहिरोले बाटो बन्द हुँदा तातोपानी नाका भएर हुने आयात पनि प्रभावित भएको छ । दुई महिनादेखि नै कोदारी सडक बन्द हुँदा छिमेकी चीनबाट आयात गरिएका सामानहरू बाटोमै अड्किएका छन् । अझ चाड पर्वको लागि भनेर ल्याइएको फलफूलहरू कुहिइसकेका छन् भने जाडोको लागि भनेर आयात गरिएका केही सामाग्रीहरू चीन तर्फ नै अड्किएका छन् ।
_zdGRlXI7OU.jpg)
सिन्धुपाल्चोकबाट तातोपानी नाका जाने यो राजमार्गको इकोमा मात्रै होइन, अविरल वर्षाले डाक्लाङ र मिनिट्रक पार्किङ क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध बनाउने गरेको छ । लिपिङबाट भरियाले बोकेर इको पहिरो कटाएका २१ कन्टेनर फलफूल डाक्लाङ पहिरोले रोकेपछि १२ दिनदेखि रोकिएका छन् ।
_R2rbuqSPy9.jpg)
१५ कन्टेनर फलफूल मितेरीपुल कटेर लिपिङ क्षेत्रमा रोकिएको छ । पहिरोका कारण दुई महिनादेखि तातोपानी भन्सारको राजस्व सङ्कलनमा गम्भीर धक्का लागेको छ ।
_iI1rLzdfwn.jpg)
_FvyU3av0HI.jpg)
_Q0od9tFvrd.jpg)
_6hbNwxHZbj.jpg)
_GVkCTMBJmV.jpg)
_2RmegfVmjz.jpg)
_cbd0w3nPnz.jpg)
_dNsVLBXppR.jpg)
_IkDrGd2PLA.jpg)
_HPtjDhwEgC.jpg)
_RLOcj3G93A.jpg)
_gJnvsswsqH.jpg)
_Uydpwy4ojc.jpg)
_RiET0oYiio.jpg)
_05q2W8TiCY.jpg)
_2BrDJg7DlP.jpg)
_zDUaG1tDks.jpg)
_Ju5oSuJbUN.jpg)
_VNiSlso11Y.jpg)
_T1WApQeG0m.jpg)
_0SsYiTnc1D.jpg)
_ioAzCOInBW.jpg)
_MRT5x8koWr.jpg)
_t7V9Wil8a5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण