सुपर-४ मा पहिलो जीतको खोजीमा रहेका पाकिस्तान र श्रीलङ्काको भिडन्त
सारांश
- एसिया कप २०२५ को सुपर-४ खेलमा पाकिस्तान र श्रीलङ्का भिड्दै छन्, खेल अबुधाबीमा हुनेछ।
- दुवै टोलीले पहिलो सुपर ४ खेल हारेकाले, फाइनलमा पुग्न यो खेल जित्नैपर्ने दबाबमा छन्।
- हेड टू हेडमा पाकिस्तानले श्रीलङ्कालाई १३ पटक जितेको छ, भने श्रीलङ्काले १० खेल जितेको छ।
दुबई । एसिया कप २०२५ को तेस्रो सुपर-४ खेलमा पाकिस्तानले श्रीलङ्काको सामना गर्नेछ। यो खेल अबुधाबीको शेख जायद स्टेडियममा बेलुका ८:१५ बजे सुरु हुनेछ। टस साँझ ७:४५ बजे हुनेछ।
दुवै टोलीले आफ्नो पहिलो सुपर ४ खेल हारेका थिए । पाकिस्तान भारतसँग र श्रीलङ्का बंगलादेशसँग पराजित भयो।
फाइनलको दौडमा रहन दुवै टोलीले यो खेल जित्नै पर्छ। यो खेल हार्ने टोलीले अर्को खेल जित्ने र अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ। फाइनल पुग्ने उनीहरूको सम्भावना धेरै कम हुनेछ।
- सुपर-४ अङ्क तालिकामा भारत शीर्ष स्थानमा
सुपर-४ अङ्क तालिकामा भारत र बंगलादेशको समान २ अङ्क छ। राम्रो रन रेटका कारण भारतले तालिकामा अग्रता लिएको छ।
श्रीलङ्का र पाकिस्तान तेस्रो र चौथो स्थानमा छन्। आजको खेल जित्ने टोलीले राम्रो रन रेटका साथ नम्बर १ स्थानमा पुग्ने मौका पाउँछ।

- हेड टू हेड
पाकिस्तान र श्रीलङ्का बिचको टी-२० क्रिकेट खेल सधैँ रोमाञ्चक हुँदै आएको छ। अहिलेसम्म दुई टोली २३ पटक आमनेसामने भएका छन्, जसमध्ये पाकिस्तानले १३ खेल जितेको छ भने श्रीलंकाले १० खेल जितेको छ।
- कसको प्रदर्शन कस्तो ?
सलमान आगाको कप्तानीमा रहेको पाकिस्तानी टोलीले अब जुनसुकै हालतमा जित हासिल गर्नुपर्नेछ। टोलीले तीनै विभागमा राम्रो प्रदर्शन गर्नुपर्नेछ।
साहिबजादा फरहानले टोलीका लागि सबैभन्दा धेरै रन बनाएका छन्। उनले ४ खेलमा १ अर्धशतकसहित १३२ रन बनाएका छन् । टोलीले आज उनीबाट अर्को बलियो प्रदर्शनको आशा गर्नेछ।

सइम अयुबले बलिङमा टोलीका लागि राम्रो प्रदर्शन गरेका छन्। उनले ४ खेलमा ७.३८ को इकोनोमी रेटसहित ६ विकेट हात पारेका छन् ।
अर्कोतर्फ, बंगलादेशविरुद्ध श्रीलङ्काको लागि पाँचौँ नम्बरमा दासुन शनाकाले राम्रो ब्याटिङ गरे। समूह चरणमा लगातार दुई अर्धशतक बनाएका पथुम निसान्का अहिले आफ्नो फर्म फिर्ता लिन सङ्घर्ष गरिरहेका छन्। उनले ४ खेलमा १४८.९७ को स्ट्राइक रेटसहित १४६ रन बनाएका छन् ।

कुसल मेन्डिस र कामिल मिशारा राम्रो फर्ममा छन्। बलिङमा, तीव्र गतिका बलर नुवान थुशाराले प्रभाव पारेका छन्, प्रतियोगितामा उनले ६ विकेट लिएका छन्। स्पिनरहरू वानिन्डु हसरंगा, दुष्मन्था चामीरा, चरिथ असलंका र दासुन शनाकाले पनि योगदान दिएका छन्।
- दुवै टोलीको सम्भावित प्लेइङ-११
• पाकिस्तानः सलमान आगा (कप्तान), सइम अयुब, साहिबजादा फरहान, फखर जमान, फहीम अशरफ, तलत हुसैन, मोहम्मद ह्यारिस, मोहम्मद नवाज, शाहीन शाह अफ्रिदी, हरिस राउफ र अबरार अहमद।
• श्रीलंका: चरित असालन्का (कप्तान), पथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), कामिल मिशारा, कुसल परेरा, कमिन्दु मेन्डिस, दासुन शानाका, वानिन्दु हसरंगा, दुष्मन्था चमीरा, दुनिथ वेललागे र नुवान थुसारा।

- पिच रिपोर्ट
मंगलबार अबुधाबी घमाइलो हुनेछ। दिउँसो तापक्रम ३७-३८ डिग्री सेल्सियससम्म पुग्न सक्छ। बिहान सबेरै मौसम अलि चिसो हुनेछ। साँझ तापक्रम ३३-३५ डिग्री सेल्सियसमा झर्नेछ।
अबुधाबीमा अहिलेसम्म ७५ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले ३३ पटक जितेको छ भने पहिले बलिङ गर्ने टोलीले ४२ पटक जितेको छ। यहाँ सबैभन्दा धेरै स्कोर २२५ र सबैभन्दा कम स्कोर ८४ हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026