झापामा डेरा गरी बस्ने युवकले गरे घर मालिकको हत्या
मङ्गलबार, ०७ असोज २०८२, ११ : ५७
सारांश
- झापाको बिर्तामोडमा एक जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
- फुर्बा तामाङको हत्या आरोपमा प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।
- राईले धारिलो हतियार प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको थियो।
झापा । झापाको बिर्तामोडमा हत्या आरोपमा एक पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा तामाङकै घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रेम कुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण