चर्चित डान्सर सीता सुवेदीको निधन
मङ्गलबार, ०७ असोज २०८२, १२ : २१
सारांश
- प्रसिद्ध नर्तक सीता सुवेदीको निधन भएको छ, उनी ४० वर्षकी थिइन्।
- सुवेदी फोक्सोको क्यान्सरबाट पीडित थिइन् र तीन महिनादेखि उपचाररत थिइन्।
- उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, र एक नर्तक थिइन्।
काठमाडौँ । चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ । ४० वर्षीय सुवेदीको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको बिगत एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।
एक खुट्टाले नाचेर चर्चमा आएकी सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै स्टेजमा नृत्य गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण