भेटवार्ता
प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता
मङ्गलबार, ०७ असोज २०८२, १६ : ५०
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको कार्यालयका अधिकृतहरूले बताएका छन् । जेनजी प्रदर्शनपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सेनापति सिग्देलले समन्वय गरेका थिए । जेनजीको माग अनुसार कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण