अर्थमन्त्रीसँग भारत र चीनका राजदूतहरूको शिष्टाचार भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदूत चेङ्ग सोङ्गल भेटवार्ता गरेका छन् ।
मंगलबारका दिन छुट्टाछुटै शिष्टाचार भेटवार्ता भएको हो । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बिचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याए ।
उक्त भेटको अवसरमा भारतीय राजदूतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबिच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गरे ।
उक्त अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रमहरूमा तीव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गरे ।
नेपाल भारत बिचको व्यापार सहजीकरणका लागि दुवै पक्षबिच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भयो ।
त्यसैगरी चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए । ्
साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदूतलाई अनुरोध गरे ।
उक्त भेटको अवसरमा नेपालका लागि चिनियाँ राजदूतले चीनले नेपाली जनताको छनौटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण