माल्टामा सामान चोरी गरेको आरोपमा दुई नेपालीलाई जेल सजाय
सारांश
- माल्टाको एक होटलबाट सामान चोरी गरेको आरोपमा दुई नेपाली महिलालाई जेल सजाय सुनाइएको छ।
- संगीता घिमिरे र मिना कार्कीले चोरी स्वीकार गरेपछि अदालतले १२ महिनाको जेल सजाय सुनाएको हो।
- चोरीमा संलग्न महिलाहरूले ३५० युरो र अन्य सामान चोरेका थिए, र उनीहरूलाई उक्त रकम फिर्ता गर्न भनिएको छ।
एजेन्सी । माल्टाको एक होटलबाट सामान चोरी गरेको आरोपमा पक्राउ परेका दुई नेपाली घरायसी कामदारलाई त्यहाँको अदालतले सोमबार जेल सजाय सुनाएको छ ।
२६ वर्षीया संगीता घिमिरे र २७ वर्षीया मिना कार्कीले आफ्नो अपराध स्वीकार गरेपछि मजिस्ट्रेट लारा लान्फ्रान्कोको इजलासले यस्तो फैसला सुनाएको हो ।
उनीहरूलाई गम्भीर प्रकृतिको चोरी आरोप लगाइएको थियो । गत सेप्टेम्बर १३ मा सेन्ट जुलियन्सस्थित एमई माल्टा होटलको एक कोठाबाट उनीहरूले एउटा झोला चोरेको आरोप छ, जसमा ३५० युरो, केही स्मारिका र अन्य सामानहरू थिए ।
सीसीटीभी फुटेजमा ती महिलाहरू उक्त झोला बोकेर कोठाबाट बाहिर निस्कँदै गरेको देखिएको थियो, जसले गर्दा उनीहरू पक्राउ परेका माल्टाको एक सञ्चारमाध्यमले जनाएको छ ।
सुनुवाइका क्रममा कानुनी सहायता वकिलले अदालतलाई बहसका लागि बेन्च नजिक आउन अनुरोध गरेका थिए । बहसहरू सुनेपछि मजिस्ट्रेट लान्फ्रान्कोको इजलासले दुवै महिलालाई १२ महिनाको जेल सजाय तोकेको हो र दुई वर्षका लागि निलम्बित गरिएको छ । यसको अर्थ यदि उनीहरूले आगामी दुई वर्षभित्र कुनै अपराध गरेनन् भने जेल जानु पर्दैन । साथै उनीहरूलाई चोरी भएको ३५० युरो पीडितलाई फिर्ता गर्न पनि भनिएको छ ।
यस मुद्दामा सरकारी वकिल म्यानुएल ग्रेचले प्रहरी निरीक्षक केल्सी बुगेजा र क्रिस्टियन जुएरेबको सहयोगमा अभियोजन पक्षमा बहस गरेका थिए । भने महिलाहरूको पक्षमा कानुनी सहायता वकिल सिल्व्हानले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण