देशभरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध, के भन्छ प्राधिकरण ?
काठमाडौँ । देशभरका विभिन्न स्थानमा अनियमित तरिकाले विद्युत् आपूर्ति बन्द भएपछि नेपाल विद्युत् प्राधिकरणले त्यसको कारण सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार बुटवलको सबस्टेसनमा आएको प्राविधिक समस्याका कारण राजधानी काठमाडौँसहित देशका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको हो ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बुटवलको सबस्टेसनमा समस्या आएपछि त्यसको असर हेटौँडामा पनि देखिएको थियो । यसै कारणले काठमाडौँका अधिकांश भागमा विद्युत् आपूर्ति बन्द हुन पुगेको उनले बताए ।
हालसम्म प्रभावित क्षेत्रका ८० प्रतिशत स्थानमा विद्युत् आपूर्ति सुचारु भइसकेको प्राधिकरणले जनाएको छ ।
प्रवक्ता ढकालका अनुसार बाँकी भागमा पनि बिस्तारै विद्युत् आपूर्ति सुचारु हुने क्रममा छ ।
प्राधिकरणले समस्या समाधानका लागि तीव्र गतिमा काम गरिरहेको र छिट्टै सम्पूर्ण क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण