रौतहट ल्याइँदै गरेको लागुऔषध बरामद, मोटरसाइकलसहित तस्कर पक्राउ
सारांश
- रौतहटको बंकुल बजारमा एसएसबीले लागुऔषधसहित एक तस्करलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भारतको बिहारका राजु प्रसाद कुशवाहा रहेका छन्, जो भारतबाट लागुऔषध ल्याउँदै थिए।
- उनको साथबाट ट्रामाडोल ४० क्याप्सुल बरामद गरिएको छ र थप कारबाहीको लागि उनलाई प्रहरीमा बुझाइएको छ।
रौतहट । रौतहटको बंकुल बजारमा सीमावर्ती भारतीय बजार घोडासहनबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा एक तस्करलाई मोटरसाइकलसहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ।
भारत–नेपाल सीमा नजिक घोडासहन अन्तर्गत पर्ने लक्ष्मीनिया टोलामा एसएसबी ७१वीं बटालियन न्यू कोरैयाले गरेको कारबाहीमा नशालु औषधिसहित एक तस्कर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत कोरैया गाउँ, झरोखर पञ्चायतका राजु प्रसाद कुशवाहा रहेका छन्। उनलाई नशालु प्रतिबन्धित औषधसहित एसएसबीले नियन्त्रणमा लिएको हो।
एसएसबीका अनुसार कुशवाहा घोडासहनतर्फबाट नशालु औषधि ल्याई बंकुलस्थित राजवीर नाम गरेका व्यक्तिलाई पुर्याउने क्रममा पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि झरोखर थानामा बुझाइएको छ।
उनको मोटरसाइकलको डिकीबाट नशालु क्याप्सुल ट्रामाडोल ४० क्याप्सुल बरामद गरिएको एसएसबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण