ईएफएल कप : चेल्सी र लिभरपुलको सहज जित
सारांश
- चेल्सीले लिंकन सिटी एफसीलाई २-१ गोलले पराजित गर्यो, जसमा जर्ज र बुओनानोटेले गोल गरे।
- लिभरपुलले साउथह्याम्प्टनलाई २-१ गोलले हरायो, जसमा इसाक र इकिटिकेले गोल गरे।
- इएफएल कपको तेस्रो चरणमा चेल्सी र लिभरपुल दुवैले जित हासिल गरे।
काठमाडौँ । प्रिमियर लिगको क्लब चेल्सी र लिभरपुलले इएफएल कपको तेस्रो चरणमा सहज जित निकालेका छन् । मंगलबार राति भएको खेलमा चेल्सीले लिंकन सिटी एफसीविरुद्ध २–१ को जित निकालेको हो ।
चेल्सीलाई जित दिलाउन टायरिक जर्ज र फाकुन्डो बुओनानोटेले गोल गरे । लिंकनका लागि रोब स्ट्रिटले गोल गरे ।
खेलको ४२औं मिनेटमा स्ट्रिटको गोलमार्फत लिंकनले अग्रता लिएको थियो । यता चेल्सीका लागि जर्जलेले ४८औं मिनेटमा बराबरी गोल गरे ।
खेलको ५०औँ मिनेटमा बुओनानोटेले गोल गर्दै चेल्सीलाई २–१ गोलको जित दिलाए ।
यता भिलरपुलले पनि साउथह्याप्टनमाथि २–१ गोलको जित निकालेको छ । मंगलबार राति भएको खेलमा भिलरपुललाई जित दिलाउन आलेक्जेन्डर इसाक र हुगो इकिटिकेले गोल गरे ।
खेलको ४३औँ मिनेटमा आलेक्जेन्डरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ७६औँ मिनेटमा साउथह्याप्टनका लागि चार्लेसले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।
खेलको ८५औँ मिनेटमा इकिटिकेले गोल गोल गर्दै लिभरपुललाई २–१ गोलको जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण