१ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ : जनार्दन शर्मा
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ सडकले यातायातको चाप धान्न नसक्ने बताए।
- उनले पहिरो र खोलाले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै नारायणगढ पुग्ने द्रुतमार्ग निर्माणको प्रस्ताव गरेका छन्।
- नारायणगढ-मुग्लिङ सडक खण्डमा पहिरो खस्दा हजारौँ गाडी रोकिएका छन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ नारायणगढ सडकले अब मुलुकको यातायात चाप धान्न नसक्ने बताएका छन् । ठाउँ ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने जस्ता समस्याले हरेक वर्ष जनधनको ठुलो क्षति भएकाले विकल्पमा नारायणगढ पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्न सुझाएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखेका छन्– ‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन। हरेक वर्ष जनधनको ठुलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुःख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ ।’
नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा केही दिनदेखि हजारौँ गाडी रोकिएका छन् । तीन वर्षअघि शर्मा अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७९/८० को बजेटमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने सडक निर्माण गरिने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण