प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण टोली १० जना कायम
सारांश
- सुशीला कार्कीको अन्तरिम सरकारले सरकारी पदाधिकारीको अनावश्यक विदेश भ्रमण रोक्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीको संख्या तोक्ने निर्णय गर्यो, जसमा उच्चस्तरीय प्रतिनिधिमण्डलमा १० जना र अन्यमा ३ जनासम्म रहनेछन्।
- सरकारले मन्त्री र राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयलाई कार्यकक्ष र सुविधाहरू उपलब्ध गराउने निर्णय खारेज गरेको छ।
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी पदाधिकारीहरूको अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीका सदस्यहरूको सीमा निर्धारण गरेको छ ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक सङ्ख्या सीमा तोक्ने निर्णय गरेको अर्थ मन्त्रलायले जनाएको छ ।
‘सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने’, सरकारको निर्णयमा भनिएको छ ।
यसैगरी सरकारले संघ र प्रदेश सरकारका मन्त्री लगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा अलग्गै कार्यकक्ष उपलब्ध गराउने यसअघिको निर्णय खारेज गरेको छ । साथै स्वकीय सचिवालयका कर्मचारीका लागि सवारी साधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा पनि नदिने निर्णय सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण