गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण
सारांश
- गोल्छा ग्रुपले काठमाडौं ट्राफिक प्रहरी कार्यालयलाई २० वटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।
- गोल्छा ग्रुपले ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले मोटरसाइकल दिएको हो।
- गोल्छा ग्रुपका अध्यक्षका अनुसार, अहिलेको अवस्थामा राज्य बलियो हुनु आवश्यक छ।
काठमाडौँ । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानालाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।
मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुपले ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले यी मोटरसाइकलहरू हस्तान्तरण गरेको हो। देशको अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको ग्रुपले जनाएको छ।
मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘अहिलेको समयमा हाम्रो व्यवसाय वा घरमा के भइरहेको छ भन्ने कुरा हेर्ने होइन, राज्य बाँचे मात्र हामी बाँच्छौं। राज्यविहीन अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन।’
_IrjESHgLnt.jpg)
उनले राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। ‘अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु,’ उनले भने।
अध्यक्ष गोल्छाले यो सबैका लागि कठिन समय भए पनि निराश हुने छुट कसैलाई नभएको बताए। उनले देशको विषम परिस्थितिमा आ-आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास व्यक्त गरे।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालयका भवन र मोटरसाइकलहरूमा क्षति पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण