अर्थमन्त्री खनालको अध्यक्षतामा सरकारले गठन गर्यो भौतिक पूर्वाधार पुनर्निर्माण समिति
सारांश
- सरकारले जेनजी प्रदर्शनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि समिति गठन गरेको छ।
- अर्थमन्त्रीको अध्यक्षतामा गठित समितिले पुनर्निर्माणका लागि छुट्टै कोष स्थापना गर्नेछ।
- समितिमा गृहमन्त्री, सहरी विकासमन्त्री र मुख्य सचिव सदस्य रहनेछन्।
काठमाडौँ । सरकारले जेनजी प्रदर्शनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्री रामेश्वर खनालको अध्यक्षतामा भौतिक पूर्वाधार पुनर्निर्माण समिति २०८२ गठन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार समितिको अध्यक्ष अर्थमन्त्री रहने गरी सहरी विकास मन्त्रालयमातहतमा राखेर समिति गठन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माणका लागि छुट्टै कोषको स्थापना गरेर स्रोत परिचालन गर्नका लागि समिति गठन गरिएको हो ।
समितिमा अर्थमन्त्री अध्यक्ष र गृहमन्त्री, सहरी विकासमन्त्री, नेपाल सरकारको मुख्य सचिव गरी तीन सदस्य रहने र सहरी विकास मन्त्रालयको सचिव नै सदस्य सचिव हुने गरी समिति गठन गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
समितिले कोष सञ्चालन, स्रोत परिचालन तथा सम्पूर्ण पुनर्निर्माणको कामहरू सहरी विकास मन्त्रालय अन्तर्गत रहेर गर्न सक्ने अख्तियारी दिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण