केन्द्रीय समितिको एजेन्डा तय गर्न माओवादी स्थायी समिति बैठक सुरु
सारांश
- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु भएको छ।
- बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ।
- अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को स्थायी समिति सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ ।
असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । स्थायी समिति बैठकले महाधिवेशनको तिथि मिति, कार्यविधि, मोडालिटी लगायत विषयमा छलफल गरी प्रस्ताव तयार पार्ने बताए ।
_q25W1qGfze.jpg)
माओवादीले भोलि बस्ने केन्द्रीय समितिको स्थान पनि तय गरेको छैन । भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो ।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सार्वजनिक/निजी सम्पत्तिका साथै व्यापारी प्रतिष्ठान ध्वस्त भएको थियो । विध्वंसकारी गतिविधिपछि परम्परागत पार्टीभित्र नेतृत्व छाड्न दबाब परेको छ ।
_JMe5Ca6CGK.jpg)
_dY1ngeOzEx.jpg)
_kRXXv1R9Qs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण