बागमतीमा माओवादीले मन्त्रालय घटाउन माग गर्ने
सारांश
- माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले मन्त्रालयको संख्या घटाउन माग गरेको छ।
- बैठकले प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन पुरानो अडान दोहोर्याएको छ।
- संसदीय दलले पूरक बजेटको विपक्षमा रहने र सभामुख पदमा सशक्त दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ।
हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन माग गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन माग गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशका मन्त्रालयहरूको सङ्ख्या घटाएर प्रशासनिक खर्च कटौती गर्न पुनः माग गर्ने निर्णय गरेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
बैठकले प्रदेश सरकारको प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन र सेवा प्रवाहलाई चुस्त बनाउन मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने आफ्नो पुरानो अडानलाई पुनः दोहोर्याएको उनले बताए ।
बैठकले प्रदेश सरकारका काम कारबाहीमा सशक्त र रचनात्मक भूमिका खेल्ने निर्णय गरेको उनले बताए । नागरिकको जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने रणनीति तय गरिएको उनको भनाई छ ।
उनका अनुसार बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षमा पूरक बजेट ल्याउने सरकारको कदमको विपक्षमा रहने निर्णय गरेको छ । बैठकले प्रदेशसभाको रिक्त रहेको सभामुख पदमा सशक्त दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण