एमालेका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी
सारांश
- एमालेको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
- एमालेका नेता र कार्यकर्ताका १५८ वटा घर तथा व्यवसायमा क्षति पुगेको छ।
- पार्टीले आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ र मर्मतको काम सुरु गरेको छ।
काठमाडौँ । जेनजी आन्दोलनमा नेकपा एमालेको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । त्यस्तै सो पार्टीका नेता र कार्यकर्ताका १५८ वटा भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको छ ।
एमाले महासचिव शंकर पोखरेलले बुधबार बसेको केन्द्रीय कार्यालय बैठकबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै आगजनी र तोडफोड भएका अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको जानकारी दिए ।
उनले आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भइरहेका समेत बताएका छन् ।
महासचिव पोखरेलले भनेका छन्–
‘आज केन्द्रीय कार्यालयको बैठक च्यासलमा सम्पन्न भयो। बैठकले पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्यो। प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ। त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ। अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ। आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भइरहेका छन् ।
राष्ट्र, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पङ्क्ति पुनः जुरमुराएर उठ्तैछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण