जवाङखोला र घोप्टेभीरको पहिरो हटाइयो, सडक सञ्चालनमा
बिहीबार, ०९ असोज २०८२, ०६ : ५९
सारांश
- धादिङको बेनिघाट गाउँपालिकामा गएको पहिरो हटाइयो र सडक पुनः सञ्चालनमा आएको छ।
- मंगलबार सडक सञ्चालनमा आए पनि बुधबार साँझ पुनः पहिरो खसेपछि सडक अवरुद्ध भयो।
- मुग्लिङ–नारायणगढ सडकखण्ड तुइन खोलानजिकको पहिरोका कारण अझै अवरुद्ध छ।
काठमाडौँ । धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो हटाइएको छ । बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।
मंगलबार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि बुधबार साँझ पुनः पहिरो खसेपछि सडक ठप्प भएको थियो ।
यता तुइन खोलानजिकको पहिरोका कारण मुग्लिङ–नारायणगढ सडकखण्ड भने अझै अवरुद्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण