साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै
बिहीबार, ०९ असोज २०८२, ०७ : ०९
सारांश
- नेपाल र भारत यू-१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा भिड्दैछन्।
- खेल कोलम्बोको रेसकार्स रंगशालामा नेपाली समयअनुसार साँझ ७:३० बजे सुरु हुनेछ।
- नेपाल समूह 'ए' को उपविजेता र भारत समूह 'बी' को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
काठमाडौँ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ । खेल श्रीलङ्काको कोलम्बोस्थित रेसकार्स रङ्गशालामा नेपाली समयअनुसार साँझ ७ः३० बजे सुरु हुनेछ ।
नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको हो भने भारतले समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो ।
भारतले पाकिस्तानलाई ३–२, भुटानलाई १–० र मालदिभ्सलाई ६–० ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण