कार्यवाहक सभापति बनाएर निर्वाचनमा जानुपर्छ : विमलेन्द्र निधि
सारांश
- विमलेन्द्र निधिले कार्यवाहक सभापति तोकेर निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्।
- उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने र निर्वाचनमा होमिनुपर्ने कुरा राखेका छन्।
- निधिले मुलुकको जटिल परिस्थितिमा विशेष महाधिवेशन गर्न नहुने र पार्टी एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा कार्यवाहक सभापति तोकेर अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन तयारीमा लाग्नुपर्ने बताएका छन् ।
नेता निधिले कार्यवाहक विधानअनुसार उपसभापति पूर्णबहादुर खड्कालाई दिनुपर्ने बताए । ‘सभापति शेरबहादुर देउवा हस्पिटलाइज्ड हुनुहुन्छ । उहाँले विधानअनुसार कार्यवाहक दिनुपर्छ र पार्टी घोषित निर्वाचनको तयारी गर्नुपर्छ,’ नेता निधिले रातोपाटीसँग भने, ‘विधानअनुसार कार्यवाहकको जिम्मेवारी पाउने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’
निधिले बृहत् एकता कायम गर्ने उपयुक्त विकल्प कार्यवाहक सभापतिको जिम्मेवारी दिएर निर्वाचनमा होमिनु भएको बताए ।
मुलुक जटिल परिस्थितिमा रहेको वेलामा पार्टीमा विशेष महाधिवेशन गर्न नहुनेमा निधिले जोड दिए । ‘मुलुक जटिल परिस्थितिमा छ । यस्तो बेलामा पार्टीमा विशेष अधिवेशन गर्न हस्ताक्षर सङ्कलन गर्नु उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध राख्न सक्दैन । फ्याक्सन ल्याउँछ,’ निधिले भने ।
पार्टीका केही नेताले उठाएको प्रतिनिधिसभा पुनःस्थापना पनि अहिलेको अवस्थामा उपयुक्त नभएको निधि बताउँछन् ।
उनी भन्छन्, ‘विघटन अघि प्रतिनिधिसभामा दुई ठुला दल कांग्रेस र एमालेको सरकार थियो । त्यो सरकारले जनपक्षीय काम गर्न सकेको थिएन । त्यसैले नयाँ जनमतमा जानुपर्छ । पार्टी एकताबद्ध भएर निर्वाचनमा होमिनुपर्छ ।’
कांग्रेसमा महामन्त्री गगन थापा समूहले विशेष महाधिवेशनको लागि हस्ताक्षर सङ्कलन गरिरहेको छ भने संस्थापन विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ ।
यस्तो अवस्थामा नेता निधिले कार्यवाहक सभापति बनाएर पार्टी निर्वाचनमा होमिनुपर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण