अपराध हुँदा घटनास्थलसम्म जाने गाडीसम्म छैन प्रहरीसँग
सारांश
- भक्तपुरको कटुञ्जेमा झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि आक्रमण भयो।
- उपत्यकामा सीआरभी नहुँदा र क्युआरटी मोटरसाइकल जलेका कारण प्रहरीलाई कार्य गर्न चुनौती भयो।
- प्रहरीले विभिन्न प्रदेशबाट सवारी साधन झिकाएर र स्थानीय निकायसँग सहकार्य गरेर सेवा सुचारु गरेको छ।
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुञ्जेमा असोज ६ मा दुईपक्षको बिचमा झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरे । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुञ्जेका प्रहरी नायव निरीक्षक राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगे ।
उनीहरू मोटरसाइकलमा गएका थिए । झगडा गर्नेहरूले प्रहरीलाई नै आक्रमण गरे । घटनास्थलमा खटिएका दुई जनाले सञ्चार सेट मार्फत सीआरभी (कन्ट्रोल रुम भेहिकल)को टिम पठाइदिन आग्रह गरे । तर, कटुञ्जे क्षेत्रमा आपत्कालिन अवस्थामा उपत्यका प्रहरी कार्यालयबाटै परिचालन गरिने चार पाङ्ग्रे सवारी (सीआरभी) थिएन ।
_w8OIQzeRBC.jpg)
तत्काल थप मद्दत नपुग्दा प्रहरीमाथि आक्रमण गर्नेहरू भोलिपल्ट मात्रै पक्राउ परे । भक्तपुरमा मात्र होइन, काठमाडौँ उपत्यकाभर शान्ति सुरक्षामा प्रयोग गरिने प्रहरीका सवारी साधन जलेका छन् । जेनजी प्रदर्शनकारीले भदौ २४ मा उपत्यकाका १०३ वटा हलुका चार पाङ्ग्रे सवारीमा आगजनी गरे । उच्छृङ्खल समूहले २३ वडा हेभी गाडीमा आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए ।
हलुका सवारी साधनमा सीआरभी र मोबाइल गाडीहरू पर्छन् । उपत्यकाभर ५ मिनेटमा घटनास्थलमा पुग्ने प्रहरीको रणनीति थियो । सो रणनीति अनुसार उपत्यकाभर मोटरसाइकलमा क्विक रेस्पोन्स टिम (क्युआरटी) परिचालन गरिन्थ्यो । क्युआरटी मोटरसाइकल पनि २१० वटा जलेका छन् । सीआरभी र क्युआरटी नहुँदा घटनास्थलमा पुग्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई चुनौती भएको छ । एसएसपी खनाल भन्छन्, ‘केही अप्ठेरो र चुनौतीहरू थपिएका छन् ।’
_WaXfxfc4t4.jpg)
जेनजी प्रदर्शनपछि अपराधमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमण हुन थालेको प्रहरीका अधिकृतहरू बताउँछन् । स्थानीयहरूले पनि सामाजिक सञ्जालमा घटनाबारे लेख्दै समाजमा सुरक्षा दिनुपर्ने प्रहरी आफैँ ‘असुरक्षित’ हुन थालेको टिप्पणी गरेका छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा शान्ति सुरक्षा कायम गर्न विभिन्न प्रदेशबाट सवारी साधन झिकाइएको छ । एसएसपी खनाल भन्छन्, ‘प्रहरी प्रधान कार्यालयले प्रदेशहरूका युनिटबाट केही गाडी मगाएर हामीलाई उपलब्ध गराएको छ ।’
_8NiwcN6VnD.jpg)
काठमाडौँ उपत्यकाका कतिपय युनिटले स्थानीय वडा र नगरपालिकाहरूसँग गाडी लिएर प्रयोग गर्न थालेका छन् । स्थानीय निकाय र सर्वसाधारणसँगको सहकार्यमा उपत्यकामा आगजनी भएका सबै युनिटबाट सेवा सुचारु गरिएको एसएसपी खनालले जानकारी दिए । उनले भने, ‘ लगभग सबै ठाउँबाट सेवा प्रवाह सुरु भइसक्यो ।’
आगजनी गरिएका गाडी र भवनको क्षतिको विवरण उपत्यका प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा पठाएको छ । नयाँ गाडी खरिद र भवनको पुनर्निर्माणको योजना प्रहरी प्रधान कार्यालयले बनाउने एसएसपी खनालले बताए । उनले भने, ‘क्षतिको विवरण पठाएका छौँ, अरू योजना हेडक्वर्टरले बनाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण