बिना अनुमति सडक खन्नेलाई महानगरको ५० हजार जरिवाना
बिहीबार, ०९ असोज २०८२, १६ : ५९
सारांश
- काठमाडौं महानगरपालिकाले हाडिगाउँमा बिना अनुमति सडक खन्ने व्यक्तिलाई ५० हजार जरिवाना गरेको छ।
- महानगरपालिकाको नगर प्रहरी बलले मनोजकुमार साहलाई जरिवाना गरेको हो।
- मनोजकुमार साहले स्वीकृति नलिई सडक तथा फुटपाथ खनेको ठहर गर्दै जरिवाना गरिएको हो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नम्बर ५, हाडिगाउँमा बिनाअनुमति सडक तथा फुटपाथ खन्ने एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाको नगर प्रहरी बलले मनोजकुमार साहलाई उक्त जरिवाना गरेको हो ।
महानगरपालिकाद्वारा जारी गरिएको नगदी प्राप्ति रसिद अनुसार, वडा नम्बर ५, काठमाडौँका मनोजकुमार साहले स्वीकृति नलिई सडक तथा फुटपाथ खनेको ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ। यो जरिवाना ’प्रशासनिक दण्ड, जरिवाना र जफत’ शीर्षक अन्तर्गत सङ्कलन गरिएको हो ।
_WuzdWhLhBS.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण