एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका ५ जना
सारांश
- एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना परेका छन्।
- डा. शैलेन्द्र गिरीले देशका लागि थप योगदान गर्ने बताए।
- सूचीमा काठमाडौँ विश्वविद्यालय, फ्रेन्स अफ नेचर, र अन्य वैज्ञानिकहरू परेका छन्।
काठमाडौँ । एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना छनोट भएका छन् । ‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इन्जिनियरिङ कलेजका डा.शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका छन् ।
उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि प्रतिक्रिया दिँदै डा.गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताए । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुन् ।
उनले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्रबिच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण