नेतान्याहूलाई वेष्ट बैंकमाथि कब्जा गर्न दिँदैनौँ : ट्रम्प
शुक्रबार, १० असोज २०८२, १० : ५४
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहूलाई वेस्ट बैंक कब्जा गर्न नदिने बताएका छन्।
- ट्रम्पले सोमबार नेतन्याहूसँग भेट्ने कार्यक्रम रहेको छ, जसअघि गाजा सम्झौता नजिक भएको बताए।
- गाजामा युद्ध र वेस्ट बैंकमा कब्जा अन्त्य गर्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ।
वासिङ्टन डीसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वेस्ट बैंकमा कब्जा गर्न नदिइने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । इजरायली प्रधानमन्त्रीले शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
तर त्यसअघि ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई ‘म इजरायललाई वेस्ट बैंक कब्जा गर्ने अनुमति दिने छैन । यो हुनेवाला छैन ।’ भनेर भनेका थिए । ट्रम्पले सोमबार नेतान्याहूसँग भेट्ने कार्यक्रम छ ।
गाजा सम्झौता धेरै नजिक भएको बैठकअघि उनले भनेका थिए । गाजामा युद्ध र वेस्ट बैंकमा यसको कब्जा अन्त्य गर्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।
धेरै पश्चिमी देशहरूले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको रूपमा मान्यता दिइरहेको समयमा इजरायलले गाजामा आफ्नो कारबाही तीव्र पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण