इन्धनको निर्यातमा रुसले लगायो प्रतिबन्ध
सारांश
- रुसले युक्रेनको ड्रोन आक्रमणका कारण डिजेल र पेट्रोल निर्यातमा प्रतिबन्ध लगाएको छ।
- उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकका अनुसार, यो प्रतिबन्ध वर्षको अन्त्यसम्म जारी रहनेछ र यसले घरेलु बजारमा पेट्रोलियम पदार्थको आपूर्ति बढाउनेछ।
- युक्रेनी हवाई आक्रमण र आपूर्तिमा अवरोधका कारण रुसले डिजेल निर्यातमा रोक लगाएको हो।
मस्को । रुसले इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको छ । युक्रेनको ड्रोन आक्रमणका कारण रुसको तेल प्रशोधन क्षमतामा उच्च कमी आएपछि यो वर्षको अन्त्यसम्मका लागि डिजेल र पेट्रोलको निर्यातमा आंशिक प्रतिबन्ध लगाइएको हो ।
रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बिहीबार यो घोषणा गरेका हुन् । नोभाकले भने– ‘हामी पेट्रोल निर्यातमाथि प्रतिबन्धलाई वर्षको अन्त्यसम्म विस्तार गर्नेछौँ र डिजेल इन्धनको गैर–उत्पादकहरूको निर्यातमा पनि प्रतिबन्ध लगाइनेछ । यसले घरेलु बजारमा पेट्रोलियम उत्पादनहरूको आपूर्ति बढाउनेछ ।’
देशमा तेल उत्पादनहरूको थोरै अभाव छ भएको अनि हालको भण्डारले माग पूरा गर्न नसक्ने पनि उनले बताए । रिफाइनरीहरू बन्द भएकोले यसैबिच इन्धन आपूर्तिमा अवरोध भएको रुस–नियन्त्रित क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताए ।
२०२४ मा रुसले लगभग ८६ मिलियन मेट्रिक टन डिजेल उत्पादन गरेको थियो । यीमध्ये करिब ३१ मिलियन टन निर्यात गरिएको थियो । रुस र अमेरिका समुद्री मार्गबाट डिजेलको शीर्ष निर्यातकर्ता हुन् । डिजेल निर्यातमा मध्यस्थकर्तालाई मात्रै प्रतिबन्ध लागू हुनेछ ।
पेट्रोल निर्यातमा प्रतिबन्ध भने उत्पादक र मध्यस्थकर्ता दुवैमा लागू हुने बताइएको छ । तर, यो प्रतिबन्ध अन्य देशहरूसँग रुसको अन्तरसरकारी सम्झौताहरूमा लागू नहुने बताइएको छ ।
युक्रेनी हवाई बलले यो हप्ता रुसी इन्ध्न उत्पादन स्थल र पम्पिङ स्टेसनमा आक्रमण गरेका थिए । रुसले मार्चमा इन्धनको केही खाले निर्यातमा रोक लगाएको थियो । पछि जुलाईमा यो सबै प्रमुख उत्पादकमा लागू भए । रुस विश्वको सबैभन्दा ठुलो डिजेल उत्पादक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण