कास्की कारागारका साढे ३ सय कैदीबन्दी अझै फर्किएनन्
शुक्रबार, १० असोज २०८२, ११ : ४०
सारांश
- पोखराको कास्की कारागारबाट भागेका ३६० कैदीबन्दी अझै फर्किएका छैनन्।
- फरार कैदीबन्दी नफर्किए ६ महिनादेखि १० वर्षसम्म जेल सजाय हुने सूचना जारी गरिएको छ।
- फरार कैदीबन्दी र बालबालिकाको खोजीका लागि प्रहरीसँग आग्रह गरिएको छ।
पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका साढे ३ सय कैदीबन्दी अझै फर्किएका छैनन् । दसैँअघिको बिदा नहुँदै नफर्किए कारागार ऐनअनुसार ६ महिनादेखि १० वर्षसम्म जेल सजाय हुने सूचना प्रसारण गरे पनि कैदीबन्दी अझै नफर्किएका हुन् ।
७ सय ७३ कैदीबन्दी फरार भएका यहाँबाट हालसम्म ४ सय १३ जना मात्रै फर्किएकाे कारागारले जनाएको छ । अझै ३ सय ६० जना फरार रहेका कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।
नफर्किएकाहरूको खोजी गर्न प्रहरीसँग आग्रह गरिएको उनले जानकारी दिए । यता बालसुधार गृहमा रहेका १ सय ९ बालकमध्ये ४९ जना फर्किएका छन् ।
उनीहरूको खोजीका लागि प्रहरीसँग अनुरोध गरिसकिएको सुधारगृह प्रमुख डासी पौडेलले बताए । कैदीबन्दीहरु नफर्किएपछि समाजमा त्रास कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण