मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाराजगन्जको प्रहरी वृत्त आगजनी गरेको आरोपमा १ जना पक्राउ

शुक्रबार, १० असोज २०८२, १३ : ०९
शुक्रबार, १० असोज २०८२

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा छन् ।

२६ वर्षीय लामा विरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले रातोपाटीलाई बताइन् ।

महाराजगन्जमा कार्यरत प्रहरी कर्मचारीको हत्यामा संलग्न आरोपमा यसअघि दुई जना पक्राउ गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप