आगजनी, तोडफोड र लुटपाट गर्ने जेनजी होइनन् : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगजनी, तोडफोड र लुटपाटमा जेनजीको संलग्नता नभएको बताए।
- मुख्यमन्त्री आचार्यले आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउनेहरू जेनजी नभएको दाबी गरे।
- उनले पश्चिम नवलपरासीका प्रभावित क्षेत्रको अनुगमन गर्दै संघीय सरकारलाई दोषीलाई कारबाही गर्न आग्रह गरे।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगजनी, तोडफोड र लुटपाटमा जेनजीहरू संलग्न नभएको दाबी गरेका छन्। उनले आन्दोलनका क्रममा आपराधिक समूहले जेनजीको नाम प्रयोग गरेर गतिविधि बढाएको टिप्पणी गरेका हुन्।
भदौ २३ र २४ गतेको आन्दोलनमा पश्चिम नवलपरासी जिल्लामा प्रभावित सरकारी कार्यालय, व्यावसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो धारणा राखेका हुन्।
उनले भने- “आन्दोलनका नाममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरू जेनजी होइनन्। आपराधिक समूहले जेन९जी०को आन्दोलनको लाभ उठाएको छ।”
यसअघि अर्घाखाँची, प्युठान, दाङ, बाँके र रुपन्देहीका प्रभावित कार्यालयहरूको निरीक्षण गरिसकेका मुख्यमन्त्री आचार्यले पश्चिम नवलपरासीका विभिन्न स्थानमा पुगेर अवलोकन गरेका हुन्।
मुख्यमन्त्री आचार्यले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई पहिचान गरी कानुनी दायरामा ल्याउन सङ्घीय सरकारसँग माग गरेका छन्। साथै, जनताको काम टेन्टमुनि बसेर भए पनि निरन्तरता दिने विश्वास दिलाएका छन्।
आन्दोलनका क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, वडा कार्यालय, जनप्रतिनिधिको निवास, होटल तथा रेस्टुरेन्टमा समेत तोडफोड, आगजनी र लुटपाट भएको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार आन्दोलनका क्रममा १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण