माओवादी बैठकमा शर्माले भने– नेतृत्वको प्रशंसा गर्नेलाई मात्र ‘आफ्नो’ ठान्ने प्रवृत्ति बढ्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा केन्द्रीय सदस्य राजकुमार शर्माले पार्टी नेतृत्व र बैठक सञ्चालनको शैलीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
आफूलाई दिइएको ५ मिनेटको समय अस्वीकार गर्दै उनले पार्टीभित्र आलोचनात्मक आवाजलाई दबाउने र चाकडी गर्ने प्रवृत्ति हाबी भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
राजधानीमा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो मन्तव्य सुरु गर्दै शर्माले बैठकको संरचना र औचित्यमाथि नै प्रश्न उठाए ।
‘आज हामी जहाँ छौँ, जसरी छलफल चलिराखेको छ, यो केन्द्रीय समितिको बैठक हो कि अर्कै केही बैठक हो भन्ने पनि मलाई अनुभूति भइरहेको छ,’ उनले भने, ’केन्द्रीय समितिको बैठकमा पनि प्रदेश–प्रदेशमा आएर छलफल गर्नुपर्ने स्थिति र वातावरण किन सिर्जना भयो?’
आफूलाई दिइएको सीमित समयप्रति आपत्ति जनाउँदै उनले भने, ‘यो पाँच मिनेटको समय म खारेज गर्छु मेरो तर्फबाट म आधा घण्टा बोल्न चाहन्छु।’ उनले पार्टी कमिटीमा आफ्ना कुरा राख्न नपाउने अवस्था आए बाहिर मिडियामा जानुपर्ने बाध्यात्मक अवस्था आउने चेतावनी दिए ।
शर्माले पार्टीभित्र आलोचना गर्नेलाई ‘घुसपैठिया’ र नेतृत्वको प्रशंसा गर्नेलाई मात्र ‘आफ्नो’ ठान्ने प्रवृत्ति बढेको भन्दै कडा टिप्पणी समेत गरे ।
आफू २०४१ सालदेखि आन्दोलनमा रहेको स्मरण गराउँदै उनले कसैको भाइ वा कुनै गुटको आधारमा नभई विचार र सिद्धान्तको आधारमा पार्टीमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण